रास्वपा सभापति रवि लामिछानेको खुट्टामा संक्रमण, महाराजगञ्जमा उपचार जारी
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको देब्रे खुट्टामा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लागेको सामान्य चोट समयसँगै जटिल बन्दै छालाको भित्री तहसम्म संक्रमण फैलिएको हो।
स्वकीय सचिव अविनाश आचार्यका अनुसार हाल लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्। चिकित्सकहरूको परीक्षणपछि संक्रमण जोखिमयुक्त हुन सक्ने ठहर गर्दै उनलाई केही दिन अस्पतालमै राखेर निगरानीमा उपचार गर्ने निर्णय गरिएको छ।
चोट आफैं गम्भीर नभए पनि समयमै उपचार नभए संक्रमण फैलिन सक्ने सम्भावनाका कारण चिकित्सकहरूले पूर्ण आराम र निरन्तर निगरानी आवश्यक रहेको बताएका छन्। यही कारण सभापति लामिछानेले हालका लागि सबै राजनीतिक तथा संगठनात्मक कार्यक्रम स्थगित गरेका छन्।
स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएपछि मात्रै उनी पुनः नियमित गतिविधिमा फर्किने जनाइएको छ। रास्वपाले सभापतिको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टीका दैनिक कार्यहरू वैकल्पिक नेतृत्वमार्फत अघि बढाइरहेको जनाएको छ ।







