रास्वपाबाट निष्कासित ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा

User Image Prime TV News २ महिना अगाडि
Image of रास्वपाबाट निष्कासित ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

दुर्गा प्रसाईसँग मन्त्री बन्ने विषयमा पैसा मागिएको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार श्रेष्ठलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका हुन्। पार्टी प्रवेशको तस्बिर सार्वजनिक गर्दै साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत “ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त !” भन्दै प्रतिक्रिया दिएका छन्।