सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा युवराज पौडेल पक्राउ

User Image Prime TV News २ महिना अगाडि
Image of सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा युवराज पौडेल पक्राउ

काठमाडौ । सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा ‘युवराज सफल’ नामले चिनिने युवराज पौडेल पक्राउ परेका छन्।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयलाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द र गालीगलौज गरेको आरोप उनीमाथि लागेको छ। यस विषयमा माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

प्रहरीका अनुसार उक्त पत्र प्राप्त भएपछि पनि पौडेलले महान्यायाधिवक्ता र कार्यालयबारे तथ्यहीन सामग्री समावेश गरिएको भिडियो तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएको थियो। त्यसपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको हो।

काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।