काठमाडौमा मधेशको मुद्दा मात्र उठ्ने होइन, समाधानतर्फ पनि अघि वढ्छः सभापति थापा

User Image Prime TV News २ महिना अगाडि
Image of काठमाडौमा मधेशको मुद्दा मात्र उठ्ने होइन, समाधानतर्फ पनि अघि वढ्छः सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही-४ क्षेत्रबाट निर्वाचन लड्ने निर्णय प्रष्ट पारेका छन्। मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेशमा आएको निर्णय सुझबुझ र व्यक्तिगत रोजाइ भएको बताए । 

थापाले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता समस्याहरू बुझ्न र त्यसको समाधानतर्फ काम गर्न आफूले मधेश रोजेको उल्लेख गरे । सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको उल्लेख गर्दै, यसपटक पनि पार्टीको अनुरोध र आफ्नो इच्छाले यहाँ आउने वातावरण बनेको बताए।

सभापति थापाले विश्वास व्यक्त गरे कि अब काठमाडौंमा मधेशको मुद्दा मात्र उठ्ने होइन, समाधानतर्फ पनि अघि बढ्नेछ। उनले भने, “हिजो मधेशको मुद्दा पर्याप्त उठ्दैनथ्यो, तर अब सम्बोधन हुनेछ।”