धरानमा बालबालिकाको प्रयोगको आरोप, हर्क साम्पाङविरुद्ध उजुरी

User Image Prime TV News २ महिना अगाडि
Image of धरानमा बालबालिकाको प्रयोगको आरोप, हर्क साम्पाङविरुद्ध उजुरी

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विरुद्ध बालबालिकाको चुनावी प्रचारप्रसारमा प्रयोग गरेको आरोप लाग्दै आएको छ।

उनी आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन्। धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीले साम्पाङविरुद्ध उजुरी दर्ता गरेको छ।

उजुरीमा बालबालिका ऐन, २०७५ को दफा ७, उपदफा ९७० उल्लङ्घन भएको उल्लेख गर्दै कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरीको छानबिनका लागि समिति गठन गरिने बताए।

उनले भने, “अनुगमनबाट बालबालिका प्रयोग प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुनसक्छ।”