बालेन शाह चुनावी प्रचारका लागि नेपालगञ्जमा (फोटो फिचर )
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार चुनावी प्रचारका लागि नेपालगञ्ज पुगेका छन्। सुदूरपश्चिम दौडाहको तयारीका क्रममा विमानस्थलमा उनका समर्थकहरूले उनलाई स्वागत गरेका थिए।
यसअघि बालेन शाह पूर्वी जिल्लाहरू, विशेष गरी झापा भ्रमण गरिसकेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा उनी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन्।
बालेन शाहले यो चुनावमा सहभागिता जनाउन काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए। उनका समर्थकहरूले भने उनी निर्वाचन क्षेत्रमा सक्रिय रूपमा प्रचार प्रसारमा जुट्नेछन्।







