पहिलोपटक निर्वाचन क्षेत्रतर्फ गगन थापा, आज सर्लाही–४ पुग्दै

User Image Prime TV News २ महिना अगाडि
Image of पहिलोपटक निर्वाचन क्षेत्रतर्फ गगन थापा, आज सर्लाही–४ पुग्दै

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्।

वारिसमार्फत उम्मेदवारी दर्ता गराएपछि उनी पहिलोपटक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्र पुग्न लागेका हुन्। सभापति थापाको सचिवालयका अनुसार उनी आज बिहान १०:३० बजे काठमाडौंबाट सिमारा जाने उडानमार्फत सर्लाही प्रस्थान गर्ने कार्यक्रम छ।

निर्वाचन प्रक्रियासँगै पार्टीगत गतिविधिमा व्यस्त रहेका थापा अब क्षेत्र केन्द्रित भेटघाट र संवादमा सक्रिय हुने तयारीमा छन्। सर्लाही–४ मा रहँदा थापाले स्थानीय पार्टी नेतृत्व, कार्यकर्ता तथा मतदातासँग छलफल गर्ने बताइएको छ।

चुनावी तयारी, संगठन सुदृढीकरण र स्थानीय सरोकारका विषयमा प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको बताइएको छ ।