कोशीबाट राष्ट्रिय सभामा रोशनी मेचे निर्वाचित
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्।
उनी नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनकी साझा उम्मेदवार हुन्। दलिततर्फको मतगणना जारी रहेको छ भने अन्यतर्फ सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
उनी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट वञ्चित भएकी थिइन्। एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी सदस्य रहेकी मेचेले महासंघबाट प्रतिनिधि बन्न खोजेकी थिइन्।
तर प्राविधिक र वैधानिक कारण देखाउँदै उनको उम्मेदवारी अस्वीकृत गरिएको थियो।







