राजेन्द्र बजगाईले भने नेपाली कांग्रेस छाड्ने संकेत, टिकट विवाद मुख्य कारण
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईले पार्टी छाड्ने संकेत दिएका छन्। आइतबार उनले सामाजिक सञ्जाल (एक्स) मार्फत् पार्टीभित्रका “केही निकृष्ट पात्र”का कारण अब कांग्रेससँगको आबद्धता समाप्त गर्ने सोचमा पुगेको बताएका छन्।
बजगाईले आफ्नो पोस्टमा लेखेका छन् कि उनले धेरैपटक व्यक्तिगत जोखिम उठाउँदै अरूको जीवन जोगाएका र परिवारका लागि संघर्ष गरे पनि केही पात्रका कारण निर्दोष कांग्रेस छाड्नुपर्ने अवस्था आएको छ।
बजगाई २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका थिए र कांग्रेस नेता शेखर कोइरालाको निकट मानिन्छन्। उनले आउँदो फागुन २१ को निर्वाचनमा पुनः टिकटको आकांक्षा राखेका थिए।
सुरुमा बजगाईं नियमित महाधिवेशनको पक्षमा थिए तर अन्ततः विशेष महाधिवेशनमा गए। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले गोरखा-१ को टिकट प्रेम खत्रीलाई दिने निर्णय गरेपछि बजगाई असन्तुष्ट बनेका हुन्।












