नेप्से परिसूचक ५७.५५ अंकले बढ्यो, बजारमा हरियाली छायो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छायो। नेप्से परिसूचक ५७.५५ अंकले वृद्धि भई २७७२.१७ बिन्दुमा पुगेको छ।
आज कुल ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ। यस कम्पनीको शेयरमा ४३ करोड ५९ लाख बराबरको कारोबार भएको छ।
बजारमा आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। आज एसवाई प्यानलसहित ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तर, सबैभन्दा बढी घाटा १०.५०% एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले भोगेका छन्। यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
आजको कारोबारले बजारमा सकारात्मक लगानी गतिविधि बढ्दै गएको छ ।












