प्रधानमन्त्री कार्कीले विद्यार्थीलाई स्वदेशमै अवसर सिर्जना गर्न आह्वान
Prime TV News २ महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले युवा विद्यार्थीहरुलाई नेपालमै अवसर पहिचान गरी मुलुक निर्माणमा योगदान दिन आह्वान गरेकी छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, “मुलुकमा देखिने समस्याबाट भाग्नु हुँदैन। आफैं डटेर सामना गर्नुपर्छ। जहाँ अवसर छैन, त्यहाँ नयाँ अवसर सिर्जना गरेर नेपालले गर्व गर्न सक्ने नागरिक बन्नुहोस्।”
कार्यक्रममा प्रधानमन्त्री कार्की कुलपतिसमेत उपस्थित थिइन्। उनले विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय, र व्यवस्थापन तथा कानुन सङ्कायका ५४५ विद्यार्थीलाई दीक्षित गरिन्। समारोहमा १९१ विद्यार्थी उपस्थित थिए।
साथै, प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई कुलपति पदक पनि वितरण गरेकी थिइन्।







