चुनावबाटै पुनः सक्रिय भए ओखलढुंगा एमाले नेता कटुवाल
Prime TV News २ महिना अगाडि 
ओखलढुंगा । दुई वर्षअघि नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा तत्कालीन नेता अम्बिरबाबु गुरुङ पक्षले मानसिक दबाब दिएर एकलौटी गर्न खोजेपछि पार्टी छाडेको घोषणा गरेर निष्क्रिय बसेका तत्कालीन अध्यक्ष शंकर कटुवालले चुनावबाटै पुनः सक्रिय हुने घोषणा गरेका छन् ।
हाल काठमाडौंमा बुबाको उपचारका क्रममा रहेका कटुवालले आइतवार विज्ञप्ति जारी गर्दै निर्वाचनमा होमिएका बेला पार्टीमिाथि चौतर्फी हमला भइरहेको अवस्थामा रक्षाकबच बन्नुपर्ने अवस्था आएको बताएका छन् ।
उनले ओखलढुंगाको एमाले नेतृत्वमा पुगेकाहरुबाट पार्टीमाथि घात भएकाले जिम्मेवार सदस्यका रुपमा टुलुटुल हेरेर बस्न नसकेको प्रष्ट पारेका छन् । कटुवालले एमाले नेतृत्वमा पुगेकाहरुबाट भएको घातलाई जिम्मेवार सदस्यका रुपमा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै पार्टीकामको जिम्मेवारीमा दत्त चित्त भयर लाग्ने बताए ।
अम्बिरबाबु नेकपामा गएर उम्मेदवार बनेसँगै उनको पक्षबाट निर्वाचित पदाधिकारीहरु पनि नेकपामा प्रवेश गरेपछि जसको कारण पार्टीबाट निष्क्रिय भएका थिए । उनीहरु नै हिडेपछि कटुवालले पार्टीमा सक्रिय हुने घोषणा गरेका हुन् ।
कटुवालले एमाले ओखलढुंगाको चुनौति सामना गर्न र पार्टीको उम्मेदवार अस्मिता थापालाई जिताउन आफू दत्तचित्त भएर लाग्ने बताएका छन् । ठूलाछाप गाविसका तत्कालीन अध्यक्ष समेत रहेका कटुवाल जिल्लाका लोकप्रिय र इमानदार छबी बनाएका नेता हुन् ।







