बालेन शाहले पूर्वी नेपालमा भाषणविहीन चुनावी अभियान पूरा गरे

User Image Prime TV News २ महिना अगाडि
Image of बालेन शाहले पूर्वी नेपालमा भाषणविहीन चुनावी अभियान पूरा गरे

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह पूर्वी नेपाल केन्द्रित चुनावी अभियान पूरा गरी शनिबार काठमाडौ फर्किएका छन्।

शाहले माघ ५ गते मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी यात्रा सुरु गरेका थिए। जनकपुरपछि उनी सिधै झापा पुगेका थिए, जहाँ माघ ६ गते उनले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। त्यसपछि उनले कोशी प्रदेशका पहाडी जिल्लाहरूलाई केन्द्रमा राख्दै मतदाता भेटघाट अभियान थालेका थिए।

अभियानका क्रममा शाह इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटा पुगेका थिए। ती जिल्लाहरूमा उनले औपचारिक सभा, भाषण वा भीड केन्द्रित कार्यक्रम नगरी स्थानीय मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका थिए।

पूर्वी नेपाल भ्रमणकै क्रममा उनी ताप्लेजुङस्थित धार्मिक महत्व बोकेको पाथीभरा मन्दिरको दर्शनका लागि पनि पुगेका थिए। अभियानको अन्तिम चरणमा सुनसरी पुगेका शाह शनिबार त्यहीँबाट काठमाडौँ फर्किएका हुन्।