अध्यक्ष ओलीको अभिव्यक्तिप्रति एमाले उपमहासचिव योगेश भट्टराईको आपत्ति

User Image Prime TV News २ महिना अगाडि
Image of अध्यक्ष ओलीको अभिव्यक्तिप्रति एमाले उपमहासचिव योगेश भट्टराईको आपत्ति

काठमाडौ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यममा दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

अध्यक्ष ओलीले भट्टराईलाई निर्वाचन जित्ने आधार नभएको भन्दै टिकट नदिइएको बताएका थिए। यसप्रति जवाफ दिँदै भट्टराईले भने, “यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु। कसैले पनि जीतको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट पाएको होला भन्ने मलाई विश्वास छैन।”

अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र भट्टराईको स्थिति पनि टिकट नपाउनको कारण भएको बताउँदै, अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पंक्तिमा विभाजन भएको औंल्याएका थिए। तर भट्टराईले स्पष्ट पारे कि अहिले आफू पार्टीका उम्मेदवारलाई विजयी बनाउने अभियानमा खटिएको बताएका छन् ।

उनले लेखेका छन्, “फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इट, नो बट, म विचलित र निराश छैन।”