सिन्धुली–२ मा महेश्वर दाहालको बागी उम्मेदवारी, नेकपामा विद्रोहको झण्डा

User Image Prime TV News २ महिना अगाडि
Image of सिन्धुली–२ मा महेश्वर दाहालको बागी उम्मेदवारी, नेकपामा विद्रोहको झण्डा

काठमाडौ । सिन्धुली–२ मा महेश्वर दाहालको बागी उम्मेदवारीले नेकपाभित्र राजनीतिक हलचल थपेको छ। नेकपाका नेता हरिबोल गजुरेलले आफूले पूर्वको केन्द्र मानिने सिन्धुलीबाट विद्रोहको झण्डा उठाएको बताएका छन्।

गजुरेलले शुक्रवार साँझ करिब दुई घण्टा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका थिए। प्रचण्ड र माधवले उनलाई काठमाडौं बोलाएर महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए । तर गजुरेलले आग्रह नमान्दै उम्मेदवारी अघि बढाइएका हुन्।

गजुरेलले भने, “यो पार्टीमा स्वेच्छाचारिता, निरंकुशता र परिवारवाद हावी भएकोविरुद्धको विद्रोह हो। मैले सिन्धुलीबाट विद्रोहको झण्डा उठाएँ। अब अरु उत्पीडित नेता–कार्यकर्ताहरू पनि विद्रोहमा आउनेछन्।”

उनले उम्मेदवार सिफारिस प्रक्रियालाई पनि आलोचना गर्दै बताए कि, “राजन दाहाललाई एक नम्बर क्षेत्रमा सिफारिस गरिएको थियो, तर प्रचण्डले उनलाई दुई नम्बर क्षेत्रमा ल्याएर उम्मेदवार बनाइयो। महेश्वर दाहाल चौथो नम्बरमा थिए। जिल्ला कमिटीले पुनर्विचारका लागि अनुरोध गर्यो।”

गजुरेलले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको सफल उदाहरण दिँदै आफू पनि लड्ने र सफल हुने प्रतिज्ञा प्रचण्ड र माधवलाई जनाएको बताए।