प्रतिनिधिसभा उम्मेदवारहरूले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने

User Image Prime TV News २ महिना अगाडि
Image of प्रतिनिधिसभा उम्मेदवारहरूले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने

काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। उम्मेदवारी फिर्तापछि दिउँसो १–३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ भने अपरान्ह ४–७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

यसपटक देशभरका १६५ निर्वाचन क्षेत्रमा ३,४८६ उम्मेदवारी दर्ता भएको छ। दर्ता भएका उम्मेदवारमध्ये ३,०८९ पुरुष, ३९६ महिला र १ अन्य छन्। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० र प्रत्यक्ष प्रणालीबाट १६५ सदस्य निर्वाचित हुनेछन्।

निर्वाचन आयोगले उम्मेदवार र मतदातालाई निर्वाचन कार्यतालिका अनुसार तयारी गर्न आग्रह गरेको छ।