नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले माघ १६ गते मधेस प्रदेशस्तरीय सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभा धनुषाको जनकपुरमा हुने भएको हो।
पार्टीका एक पदाधिकारीका अनुसार कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई पूर्ण रूपमा परिचालन गरेर मधेस सभा गर्न लागिएको हो। यसबारे आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्नेछ।
कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेश–प्रदेशमा केन्द्रित सभाहरू गर्ने तयारीसमेत गरेको छ। सोही कार्यक्रमअन्तर्गत सभापति गगन थापासहितका शीर्ष नेताहरू माघ ११ गते मधेस प्रदेश जानेछन्। माघ १२ गते उनीहरू सर्लाही पुग्ने कार्यक्रम छ। सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका छन्।
यसअघि विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले आजै पदबहाली गर्ने कार्यक्रम तय भएको छ।







