अमेरिकाले दियो संविधान दिवसको शुभकामना

User Image Prime TV News १० महिना अगाडि
Image of अमेरिकाले दियो संविधान दिवसको शुभकामना

काठमाडौ । संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाल र नेपालीलाई शुभकामना व्यक्त गरेको छ । 

नेपालको संविधान दिवसको अवसरमा अमेरिकाले नेपाली जनतालाई शुभकामना दिएको हो । शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै अमेरिकाको तर्फबाट शुभकामना ज्ञापन गरेका हुन्।

विदेशमन्त्री रुबियोले दक्षिण एसियामा स्थिरता प्रवर्द्धन गर्न र विश्वलाई अझ सुरक्षित बनाउन नेपालसँग नजिकको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालको संविधानको पालना गर्ने अन्तरिम सरकारप्रति आशा व्यक्त गर्दै आगामी निर्वाचनको तयारीमा लोकतान्त्रिक समाधान आवश्यक हुने बताएका छन्।