साइबर ब्युरोले राप्रपा उम्मेदवार स्वागत नेपाललाई बोलायो

User Image Prime TV News २ महिना अगाडि
Image of साइबर ब्युरोले राप्रपा उम्मेदवार स्वागत नेपाललाई बोलायो

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाललाई प्रहरीले केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुन बोलाएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थलीले नेपाललाई सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिसम्बन्धी केही बुझ्न बोलाइएको पुष्टि गरेका छन्। उनले भने, “हामीले हिजो टेलिफोन गरेर उपस्थित हुन भनेका छौं, तर उहाँ आइपुग्नुभएको छैन।”

प्रहरीले अहिलेसम्म यस सम्बन्धमा उजुरी कसले दर्ता गराएको हो वा मुद्दा के हो भन्ने खुलाएको छैन। नेपालले ५ माघमा राप्रपा प्रवेश गरेका हुन् र उनी झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्।