रेकर्डपछि ओरालो लाग्यो सुन, नेपाली बजारमा मूल्य घट्यो

User Image Prime TV News २ महिना अगाडि
Image of रेकर्डपछि ओरालो लाग्यो सुन, नेपाली बजारमा मूल्य घट्यो

काठमाडौ । रेकर्ड उच्च मूल्य छोएको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेसँगै छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबारसुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले घटेर पाँच हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन चाँदी पाँच हजार ९२० रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको विनिमय दर तथा लगानीकर्ताको मनोविज्ञानका कारण सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरूले बताएका छन्।