एमाले महासचिव भन्छन्ः जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालयमा आक्रमण भयो

User Image Prime TV News १० महिना अगाडि
Image of एमाले महासचिव भन्छन्ः जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालयमा आक्रमण भयो

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अबसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको बताए । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको दाबी समेत गरे । 

उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।