एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश
Prime TV News २ महिना अगाडि 
झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्।
राष्ट्रिय युवा युवा सङका उपाध्यक्ष बिजय तामाङले पनि रास्वपा प्रवेश गरेका छ्न । उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ समर्थन जनाउने निर्णय गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।







