सुनको मूल्यमा उच्च वृद्धि, एक तोला दुई लाख ९५ हजार नाघ्यो

User Image Prime TV News २ महिना अगाडि
Image of सुनको मूल्यमा उच्च वृद्धि, एक तोला दुई लाख ९५ हजार नाघ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी रहेको छ। बुधबार सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढ्दै दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा भएको उल्लेख्य वृद्धिले सुनको मूल्य हालसम्मकै उच्च विन्दु नजिक पुगेको व्यवसायीहरूले बताएका छन्।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर पाँच हजार ९२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा दबाब परेको व्यवसायीहरूको भनाइ छ ।