रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र २ मा उम्मेदवारी दर्ता गरे
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट तेस्रोपटक उम्मेदवारी दर्ता गरेका छन्।
लामिछाने सहकारी सम्बन्धी मुद्दाका लागि बीरगञ्ज पुगेकाले प्रत्यक्ष उपस्थित हुन नपाएर आफ्नो उम्मेदवारी वारेसमार्फत दर्ता गराएका हुन्। रास्वपा महानगर सभापति सिता ज्ञवालीले लामिछानेको वारेस पाएर उम्मेदवारी दर्ता गरेकी छन्।
रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिँदै, लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारीमा रहेको तर समय अभावका कारण वारेसमार्फत दर्ता गर्नुपरेको बताए । लामिछानेले आफू निर्वाचनको उल्लासमा मिसिन नसकेको भन्दै दुखेसो गरेका छन्।
देशभर उम्मेदवारी मनोनयन भइरहँदा रविविरुद्धको सहकारी ठगी मुद्दामा देशका तीनवटा जिल्लामा मुद्दाको सुनुवाई भइरहेको छ। त्यसक्रममा पर्सा जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटी माग गरेको छ।







