डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रलोप उम्मेदवार
Prime TV News २ महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलवार उनले निर्वाचन अधिकृत कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। उनका प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर रहेका छन्। चुनाव नलड्ने संकेत दिँदै आएका भट्टराईले आइतबार मात्रै चुनावी मैदानमा उठ्ने घोषणा गरेका थिए । भट्टराईको उम्मेद्वारी संगै यस निर्वाचनमा नयाँ उत्साह थपेको छ।
गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपाने र एमालेवाट ग्ण्डा नाइके चक्रे मिलनले उम्मेद्वारी दर्ता गराएका छन् ।







