कल्पना शर्माले काठमाडौ–५ बाट उम्मेदवारी दर्ता गरिन्
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीकी कल्पना शर्माले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकी छन्।
उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गरिन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ।







