झापा–३ मा दोहोरिन खोज्दै लिङ्देन, ‘देश बचाउने अभियान’ सहित उम्मेदवारी

User Image Prime TV News २ महिना अगाडि
Image of झापा–३ मा दोहोरिन खोज्दै लिङ्देन, ‘देश बचाउने अभियान’ सहित उम्मेदवारी

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि पुनः उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट विजयी भएका लिङ्देनले यसपटक पनि जनताको समर्थन खोज्दै चुनावी मैदानमा उत्रिएका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि लिङ्देनले देश कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै आफूलाई जिताएर देश बचाउने र निर्माण गर्ने अवसर दिन आग्रह गरे।

उनले जनताको मतबाट स्थापित बलियो नेतृत्वले मात्र राष्ट्रियता, सुशासन र स्थायित्व सुनिश्चित गर्न सक्ने दाबी गरे। झापा–३ मा लिङ्देनको पुनः उम्मेदवारीसँगै स्थानीय राजनीतिक सरगर्मी बढेको छ भने चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।