झापा–५ मा बालेनले गरे उम्मेद्वारी दर्ता, ओलीसंग कडा प्रतिस्पर्धा

User Image Prime TV News २ महिना अगाडि
Image of झापा–५ मा बालेनले गरे उम्मेद्वारी दर्ता, ओलीसंग कडा प्रतिस्पर्धा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

बालेनले आज निर्वाचन कार्यालय झापा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपाबाट प्रभावशाली र चर्चित व्यक्तित्वका रूपमा चिनिएका बालेनको उम्मेदवारीसँगै झापा–५ को राजनीतिक समीकरण बदलिने अनुमान गरिएको छ।

यस क्षेत्रबाट यसअघि पटक–पटक निर्वाचित हुँदै आएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। ओलीको परम्परागत बलियो पकड रहेको क्षेत्रमै नयाँ शक्तिका रूपमा बालेन मैदानमा उत्रिएपछि प्रत्यक्ष प्रतिस्पर्धा चासोको विषय बनेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच सिधा प्रतिस्पर्धा हुने निश्चित भएसँगै झापा–५ राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ।