गगन थापाले यसपटक सर्लाही–४ बाट प्रतिनिधि सभा चुनाव लड्ने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिने भएका छन्।
यसअघि काठमाडौं–४ बाट चुनाव लड्दै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्न लागेका हुन्। थापा काठमाडौं–४ बाट लगातार तीनपटक प्रतिनिधि सभामा निर्वाचित भइसकेका छन्। पार्टीभित्रको आन्तरिक छलफलपछि उनले सर्लाही–४ रोजेको बताइएको छ।
सर्लाही–४ लाई राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिँदै आएको छ। आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूले निर्वाचन क्षेत्र परिवर्तन गर्ने क्रम बढ्दै गएको छ।







