रवि लामिछानेले जनकपुरबाट भने: ‘झूटा मुद्दाले जेल पुगे पनि डर छैन’
Prime TV News २ महिना अगाडि 
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध दायर गरेको झूटा मुद्दाका कारण फेरि जेल जानुपरे पनि कुनै डर वा चिन्ता नभएको बताएका छन् ।
जनकपुरधाममा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै लामिछानेले देशले अब बालेन शाहजस्तो नेतृत्व पाएको भन्दै आफू निश्चिन्त भएको उल्लेख गरे। उनले भने, “देश अब सही हातमा गएको अनुभूति भएको छ, त्यसैले मलाई कुनै चिन्ता छैन।”
अघिल्लो सरकारप्रति कडा टिप्पणी गर्दै उनले हेलिकप्टरमार्फत भागेको र बालकहरूमाथि गोली चलाएर उम्किएको सरकारकै कारण आफूविरुद्ध मुद्दा लागेको दाबी गरे। ती मुद्दाले कुनै पनि बेला आफूलाई जेल पुर्याउन सक्ने भए पनि त्यसबाट नआत्तिएको उनले बताए।
लामिछानेले मधेस र देशमाथि गरिएको अन्यायको अब हिसाब लिनुपर्ने समय आएको दाबी गर्दै जनताले पहिले नै अस्वीकृत गरिसकेकाहरूलाई फेरि राजनीतिक रूपमा स्थान दिन नपर्ने धारणा राखे। सभामा उनले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई समर्थन गर्न आग्रह गरे ।







