नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी निर्वाचन नलड्ने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस देउवा पक्षका नेता र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
पार्टीमा विकसित पछिल्लो घटनाक्रमका कारण उनी २१ फागुनमा हुने निर्वाचनबाट बाहिर रहन लागेका हुन्। खड्का सुर्खेत–१ बाट निर्वाचनका लागि सिफारिसमा परेका थिए, तर निकट स्रोतले पुष्टि गरेको छ कि उनी अब चुनावमा भाग लिने छैनन्।
उनिका निकट नेताका अनुसार, “पूर्ण दाइ चुनाव लड्न हुन्न, तर प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ र पार्टीलाई जिताउन लाग्नुहुन्छ।”
साथै, खड्काले सर्वोच्च अदालतमा दायर मुद्दाको कुनै पनि फैसला आए पनि पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाइसकेका छन्। निकट नेताका अनुसार, अदालतको निर्णय जुनसुकै भए पनि खड्काले पार्टीलाई एकढिक्का राख्ने योजना बनाएका छन्।







