नेपाली कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

User Image Prime TV News २ महिना अगाडि
Image of नेपाली कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाएको जनाएको छ।

पार्टीभित्र विवाद चुलिरहेको अवस्थामा पनि यो निर्णय गरिएको हो। पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, “हिमाली जिल्लाका सबै उम्मेदवार टुंगो लागिसकेका छन्। अन्य जिल्लाका उम्मेदवार पनि करिब मिल्ने क्रममा छन्। अब अरु पक्षसँग छलफल गरेर सबै ठाउँको निश्चित गर्नेछौँ।”

मन्सुरका अनुसार उम्मेदवारहरूको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।