नेकपा सल्यानबाट रमेश मल्ल उम्मेदवार, पहिलोपटक चुनावी प्रतिस्पर्धामा

User Image Prime TV News २ महिना अगाडि
Image of नेकपा सल्यानबाट रमेश मल्ल उम्मेदवार, पहिलोपटक चुनावी प्रतिस्पर्धामा

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा चुनावका लागि सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

अघिल्लो पटक सोही क्षेत्रबाट जितेका प्रकाश ज्वालाले समेत उम्मेदवारीको दाबी गर्दै आएका थिए। त्यसैले उम्मेदवार टुंगो लगाउन केही समयसम्म ढिलाइ भएको थियो। तर, सोमबार पार्टीले मल्ललाई नै टिकट दिने निर्णय गरेको हो ।

विद्यार्थी राजनीतिबाट उठेका रमेश मल्ल तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रहिसकेका छन्। उनी प्रचण्डको सचिवालयमा समेत काम गरिसकेका थिए। यो रमेश मल्लको पहिलो चुनावी प्रतिस्पर्धा हुनेछ। पार्टीले उनी युवा पुस्ताको नेतृत्व क्षमता र संगठन अनुभवका कारण चुनावी मैदानमा अघि बढाएको बताएको छ।