स्पेनमा भीषण रेल दुर्घटना: दुई उच्च गतिको रेल ठोक्किँदा २१ जनाको ज्यान गयो

User Image Prime TV News २ महिना अगाडि
Image of स्पेनमा भीषण रेल दुर्घटना: दुई उच्च गतिको रेल ठोक्किँदा २१ जनाको ज्यान गयो

काठमाडौ । स्पेनमा आइतबार दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्।

बिबिसीका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको तीव्र गतिको रेल अचानक ट्रयाक छोडेर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किएको हो। ठोक्किने बित्तिकै दुवै रेल ट्रयाकभन्दा बाहिर पल्टिएका थिए, जसका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।

स्पेनको रेल पूर्वाधार निकाय एडीआईएफलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दुर्घटनाको पुष्टि गरेका छन्। घटनापछि उद्धार टोली तुरुन्त परिचालन गरिएको थियो र घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनाको कारणबारे औपचारिक अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक जानकारीले प्राविधिक कमजोरी वा व्यवस्थापनको गम्भीर लापरबाही हुनसक्ने संकेत गरेको छ। अत्याधुनिक रेल सेवा भएको देशमा यस्तो दुर्घटना हुनु अस्वीकार्य र लज्जास्पद भएको आलोचना भइरहेको छ।