रास्वपाको चुनावी अभियान आजदेखि, अभियानको सुरुआत जनकपुरबाट
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि आफ्नो चुनावी अभियान सुरु गरेको छ। अभियानको सुरुआत मधेस प्रदेशको केन्द्र जनकपुरधामबाट गरिएको हो।
पहिलो चुनावीसभाका लागि रास्वपाका शीर्ष नेताहरू आइतबार नै जनकपुरधाम पुगेका थिए। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत नेताहरू आइतबार साँझ जनकपुर पुगेका हुन्।
जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामार्फत रास्वपाले मधेसका मतदातालाई प्रत्यक्ष सन्देश दिने तयारी गरेको छ ।
जनकपुरबाट सुरु गरिएको चुनावी अभियानलाई रास्वपाले देशव्यापी राजनीतिक सन्देशको सुरुआतको रूपमा लिएको जनाएको छ।







