एमालेको टिकट निर्णयले ताप्लेजुङमा तरंग, योगेश भट्टराई बाहिरिँदा क्षितिज थेबे अघि

User Image Prime TV News २ महिना अगाडि
Image of एमालेको टिकट निर्णयले ताप्लेजुङमा तरंग, योगेश भट्टराई बाहिरिँदा क्षितिज थेबे अघि

काठमाडौ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

पटक–पटक निर्वाचन जित्दै आएका एमाले उपमहासचिव योगेश भट्टराईलाई यसपटक टिकट नदिइनु पार्टीभित्रै चर्को बहसको विषय बनेको छ।

एमालेनिकट युवा सङ्घका अध्यक्षसमेत रहेका थेबे पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। नेतृत्वसँगको नजिकोपनकै कारण टिकट पाएको आरोप खुलेआम उठ्न थालेको छ।

लामो समयदेखि ताप्लेजुङको राजनीतिक नेतृत्व सम्हाल्दै आएका भट्टराईलाई पाखा लगाउनु एमालेको रणनीतिक निर्णयभन्दा बढी शक्ति राजनीतिसँग जोडिएको देखिएको छ।

स्थानीय तहका एमाले कार्यकर्तामध्ये एक हिस्सा निर्णयप्रति असन्तुष्ट देखिएको छ। अनुभवी र स्थापित उम्मेदवार हटाएर नयाँ अनुहार अघि सार्दा चुनावी जोखिम बढ्ने उनीहरूको ठम्याइ छ। तर पार्टी नेतृत्व भने संगठन सुदृढीकरण र पुस्तान्तरणको नाममा निर्णयको बचाउ गरिरहेको छ।