राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
Prime TV News २ महिना अगाडि 
काठमाडौ । राष्ट्रियसभाको आजका लागि बोलाइएको पहिलो बैठक पाँच मिनेटमै स्थगित भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको बैठकमा शून्य समय, विशेष समय वा कुनै एजेन्डा थिएन। बैठकमा दुईवटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गर्ने निर्णय गरेका छन्।
राष्ट्रियसभाको बैठक अब माघ ९ गते पुनः बस्ने कार्यक्रम तय गरिएको छ।







