बालेन शाह आज पहिलोपटक रास्वपा केन्द्रीय समितिमा सहभाग हुदै, चुनावी अभियान जनकपुरबाट सुरु हुने

User Image Prime TV News २ महिना अगाडि
Image of बालेन शाह आज पहिलोपटक रास्वपा केन्द्रीय समितिमा सहभाग हुदै, चुनावी अभियान जनकपुरबाट सुरु हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज पहिलोपटक पार्टीको औपचारिक गतिविधिमा सहभागी हुँदैछन् ।

आज दिउँसो १ बजे उनी बनस्थलीस्थित घण्टीघर पुग्ने कार्यक्रम रहेको छ । गत पुस १३ गते रास्वपासँग सम्झौता गर्दै पार्टी प्रवेश गरेका बालेनलाई दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता घोषणा गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारीमा रहेकाले हालसम्म उनी पार्टीका गतिविधिमा प्रत्यक्ष सहभागी भएका थिएनन् । यसै कारण उनको औपचारिक पार्टी प्रवेश प्रक्रिया पनि ढिलो भएको थियो ।

आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा बालेन पहिलोपटक सहभागी हुन लागेका हुन् । बैठकपछि आजै साँझ ५ बजे पार्टी सभापति रवि लामिछानेसहित बालेनको टोली चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । आगामी निर्वाचनमा उनी झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने पार्टीको तयारी रहेको छ ।