रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, निर्वाचन उम्मेदवार छनोटमा केन्द्रित

User Image Prime TV News २ महिना अगाडि
Image of रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, निर्वाचन उम्मेदवार छनोटमा केन्द्रित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

पार्टीका अनुसार बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकको प्रमुख एजेन्डा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट रहनेछ।

निर्वाचन आयोगको तालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै उम्मेदवार टुंग्याउने तयारीमा पार्टी लागेको हो। रास्वपाले निर्वाचन केन्द्रित गतिविधिलाई प्राथमिकतामा राख्दै संगठनात्मक तयारीलाई पनि तीव्र बनाएको जनाएको छ।

आइतबारको बैठकबाट अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवारबारे निर्णायक छलफल हुने बताइको छ।