नेत्रविक्रम चन्द ‘विप्लव’ र मिराज ढुंगाना समूहबिच चार बुँदे सहमति
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ। बिहीबार दुवै पक्षका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर गर्दै संयुक्त राजनीतिक संघर्ष अघि बढाउने घोषणा गरेका छन्।
सहमति अनुसार वर्तमान राजनीतिक संकटको समाधानका लागि सर्वपक्षीय सहमतिको आधारमा अन्तरिम सरकार गठन गर्न दबाब सिर्जना गरिनेछ। साथै, जेनजी विद्रोहले अघि सारेका मागहरू सम्बोधन गराउन दुवै पक्षले संयुक्त आन्दोलन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
चार बुँदे सहमतिमा आन्दोलन र जनताको चाहना अनुसार संविधान संशोधनका लागि संघर्ष गर्ने, स्थिर र जनउत्तरदायी सरकार निर्माणको पक्षमा आवाज उठाउने उल्लेख छ। यससँगै भ्रष्टाचार नियन्त्रणका लागि विशेष न्यायिक निकाय गठन तथा राज्य संरचनालाई अग्रगामी दिशामा पुनर्संरचना गर्न पहल गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।







