सरकारले निर्वाचन कानूनी सुधारको तयारी गर्दै, नयाँ मतदाता नामावली संकलन गर्ने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सरकारले नयाँ निर्वाचन कानूनी संशोधन गर्न तयारी गरिरहेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँगको छलफलमा, जेनजीहरूको विशेष प्रतिनिधित्व सुनिश्चित गर्नका लागि नयाँ मतदाता नामावली संकलन गर्ने प्रस्ताव अघि बढाएका छन्।
गृहमन्त्री अर्यालका अनुसार, जेनजीहरूको विद्रोह र नयाँ सरकारको सुरुवातसँगै, यो पिढीलाई निर्वाचन प्रक्रियामा समावेश नगरी आगामी चुनाव गराउनु न्यायपूर्ण नहुने उल्लेख गरे । उनका अनुसार, १८ वर्ष उमेर पुगेका तर वर्तमान मतदाता नामावलीमा नसमावेश भएका युवालाई मतदानको अधिकार दिनकालागि कानूनी संशोधन अनिवार्य भएको छ।
नेपालको विद्यमान कानून अनुसार, निर्वाचन मिति घोषणा भएपछि मतदाता थप्न सम्भव छैन। यस कारण, गृहमन्त्रीले निर्वाचन आयोगलाई सुधारको प्रस्ताव ल्याउन आग्रह गरेका छन्। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पनि सरकारको कदमलाई समर्थन गर्दै, वर्तमान विषम परिस्थितिमा, सबैको प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न आवश्यक कानूनी परिवर्तन गर्नु पर्नेमा जोड दिए ।







