विशेष महाधिवेशनबाट पौडेल र घिमिरे महामन्त्रीमा निर्वाचित

User Image Prime TV News २ महिना अगाडि
Image of विशेष महाधिवेशनबाट पौडेल र घिमिरे महामन्त्रीमा निर्वाचित

काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा भइरहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीमा चयन गरेको छ। बुधबार विशेष महाधिवेशनले दुवैलाई महामन्त्री घोषणा गरेको हो।

महामन्त्री चयनको जानकारी शेरबहादुर देउवा समूहको कारबाहीमा परेका वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेका छन्।

विशेष महाधिवेशनकै वैधानिकता र अधिकारलाई लिएर पार्टीभित्र गम्भीर विवाद जारी रहँदा गरिएको यो चयनले समस्या समाधान होइन, टकरावलाई अझै गहिरो बनाएको छ। देउवा पक्षले यस महाधिवेशनबाट भएका निर्णयहरू अस्वीकार गर्ने संकेत दिइसकेको छ ।