विशेष महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ जना
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ रहेको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् । त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । तीमध्ये ६१ जना पार्टी छोडिसकेका र ४४ जना मृत्युभएका प्रतिनिधि रहेका छन्।
समितिका अनुसार हाल जम्मा ४७४३ प्रतिनिधि निर्वाचनमा सहभागी हुने योग्य छन्। विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्यले भने, “अहिले बन्दसत्र जारी छ, वार्ता–संवाद भइरहेको छ र निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढेको छ। संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति गठन हुनेछ।”







