सभापति पदको उम्मेद्वारीका लागि ३० हजार रुपैयाँ तोकियो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।
निर्वाचन समितिले यसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्कको विवरण सार्वजनिक गरेको छ। सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० हजार र केन्द्रीय सदस्यको लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
निर्वाचन प्रक्रिया अनुसार, उम्मेदवारले तोकिएको शुल्क तिरेर मात्र पदका लागि नाम दर्ता गर्न सक्नेछन्।







