कांग्रेस महाधिवेशन पक्षधरले देउवासँग सहमतिका तीन अडान राखे
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा) सँग सहमतिका लागि तीन अडान राखेका छन्।
भृकुटीमण्डपमा प्रेस ब्रिफिङ गर्दै विशेष महाधिवेशन पक्षधरका सुवास पोखरेलले पहिलो अडानमा सभापतिले सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए। दोस्रो अडानअनुसार, आगामी प्रतिनिधि सभा निर्वाचनमा सभापति चुनाव नलड्ने र यसले पार्टी नेतृत्व परिवर्तनको बाटो खोल्नेछ।
तेस्रो अडानमा महाधिवेशनको स्वामित्व पक्षधरहरूले ग्रहण गर्नुपर्ने र प्रतिनिधिलाई हेप्ने काम नगर्नुपर्ने उल्लेख छ। पोखरेलले भने, “हाम्रातर्फबाट छलफलमा गएका साथीहरूले गरेका सहमति हाउसले पास गर्छ।”
यसैबीच, केहीबेरमा संस्थापन पक्ष र महाधिवेशन पक्षबीच दोस्रो चरणको छलफल हुने तयारी भइरहेको छ।







