पार्टीहरुलाई कमजोरी सुधार गरि अगाडि बढ्न उपमेयर डंगोलको आग्रह

User Image Prime TV News १० महिना अगाडि
Image of पार्टीहरुलाई कमजोरी सुधार गरि अगाडि बढ्न उपमेयर डंगोलको आग्रह

काठमाडौ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आगामी राजनीति पारदर्शिता र जवाफदेहित्वको आधारमा सञ्चालन गर्नुपर्ने धारणा राखेकी छन्। उनले जेन जी आन्दोलनको आक्रोश र परिवर्तनको मागलाई उच्च मुल्यांकन गर्दै, अबको राजनीति ढाकछोप र बहानामा होइन, सचेत र जवाफदेहिता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

सामाजिक सञ्जालमार्फत डंगोलले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्। उनले भनिन्, "राष्ट्र शोकमा डुबेको छ, अनगिन्ती परिवारले आफ्ना सन्तान गुमाएका छन्। हामीलाई सहिदको बलिदानको सम्मान गर्नु छ।"

जनधनको क्षति, हत्या र तोडफोडका घटनाहरूको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याइन्। उनले पार्टीहरूलाई विगतका कमजोरीहरूलाई सुधार गरेर एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।