गगन र विश्वप्रकाश शर्माले गरे कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन

User Image Prime TV News २ महिना अगाडि
Image of गगन र विश्वप्रकाश शर्माले गरे कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्।

उद्घाटन समारोह दीप प्रज्ज्वलन र विरुवामा पानी हाल्ने विधिपूर्वक रुपमा विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए।

संस्थापन समूहले विधानसम्मत नभएको बहाना गर्दै यसलाई रोक्ने प्रयास गरिरहेको अवस्थामा महामन्त्रीद्वयले आह्वान गर्दै महाधिवेशन अघि बढाएका हुन्। यस क्रममा विशेष महाधिवेशनको पक्षमा लागेका प्रतिनिधिहरू काठमाडौँ भृकुटीमण्डपमा भेला भएका छन्।

महाधिवेशनले पार्टीभित्रको बहस र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।