कांग्रेसले सुनील बहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनायो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले नेता सुनील बहादुर थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेशबाट अन्य क्लस्टरमा थापालाई उम्मेदवार बनाउने निर्णय टुंगो लगाएको हो। थापाले केही समयअघि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारको पदबाट राजीनामा दिएका थिए। स्रोतका अनुसार उनी राष्ट्रियसभा सदस्यको उम्मेदवार निश्चित भएपछि सल्लाहकार पद छाडेका हुन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि थापाले आजै आफ्नो मनोनयन दर्ता गराउने तयारी गरेका छन्।







