मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । गए राति भएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड बिहान ८ः३० बजेदेखि पुनः सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, तुइन खोलानजिकै पहिरो खस्दा उक्त सडक खण्डमा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। सडकमा खसेको पहिरो हटाइसकेपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी प्रहरीले दिएको छ।
यद्यपि, पहिरो गएको स्थानमा ढुंगा खस्ने क्रम अझै रोकिएको छैन। यसैले, यात्रुहरूलाई नेपाल प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ। सार्वजनिक यातायात प्रयोग गर्दै जाने यात्रुहरूलाई विशेष सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सचेत गराइएको छ।













