भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्मानमा राष्ट्रिय शोक घोषित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल सरकारले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका जेनजी युवाहरूको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७२ जना युवाहरूको मृत्यु भएको थियो।
उनीहरूको सम्मानमा, अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकको दिनको रूपमा निर्धारण गरेको थियो। यस निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ। साथै, राष्ट्रिय झण्डा आधा झुकाइने छ।
मृतकहरूको शव मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। कतिपय युवाहरूको शव उनीहरूका आफ्नै जिल्लामा पठाइएको छ। यो कदमले मृतक युवाहरूको बलिदानको कदर गर्दै राष्ट्रको एकता र सम्मानको प्रतीकका रूपमा काम गरेको छ।







